राष्ट्रपतिमा विद्यादेवी र झलनाथ, सभामुखमा ओनसरी र सुवासचन्द्रको दौड

964
views

काठमाण्डौ, २ माघ । संघीय संसदले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन हुने भएपछि संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि अन्त्य हुेछ ।
नयाँ संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन रोक नलगाएपछि अहिलेका राष्ट्रपति भण्डारी आफूलाई पूनः दोहोर्याउनको लागि लागिपरेकी छिन् । वाम गठबन्धनका शीर्ष नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना पनि विद्यालाई नै दोहोर्याउने देखिएको छ ।

अध्यक्ष ओली नजिकका नेताहरू भित्री रुपमा भण्डारीलाई नै दोहोर्याउनुपर्नेमा बढी सक्रिय भएका छन् । अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने मनसाय व्यक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यसको विरोध गरेका छैनन् । एमालेभित्रै आकांक्षी देखिएका नेता झलनाथ खनालपछि दौडमा अर्का नेता सुवासचन्द्र नेम्वाङ पनि छन् । ओलीले पनि अहिलेकै राष्ट्रपति भण्डारीलाई दोहोर्याउन नसके नेम्बाङलाई बनाउने चाहना राखेका छन् ।

तर एमालेकै माधवकुमार नेपाल पक्षले भने झलनाथ खनालको पक्षमा लबिङ गरिरहेको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै बनिसकेका खनाललाई राष्ट्रपति बनाए उचित व्यवस्थापन हुने भन्दै नेपाल पक्ष लबिङमा छ ।

यसको लागि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत प्रस्ताव राखिसकेका छन् । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गठबन्धनको तर्फबाट रामबहादुर थापा बादलमध्ये एकजनालाई बनाउनुपर्ने कुरा राखेका छन् ।

त्यस्तै उपराष्ट्रपतिमा अहिलेका उपराष्ट्रपति नन्द बहादुर पुन जनजाति भएकोले उनलाई नै दोहोर्याउनुपर्छ भन्ने आवाज पनि उठिरहेकोले को बन्छ भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन् । यता सभामुखमा पनि पूर्व सभामुख ओनसरी घर्ती वा सुवासचन्द्र नेम्बाङमध्ये एक जना बन्ने पक्का छ ।

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपतिरउपराष्ट्रपति, सभामुखरउपसभामुखको चर्चा चुलिँदै गएको छ। निर्वाचनमा ६०र४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपतिरउपराष्ट्रपति, सभामुखरउपसभामुख वाम गठबन्धनबाटै हुने निश्चित छ ।