देउवालाई रामचन्द्र पौडेलको प्रश्नः केन्द्रीय समितिको बैठक कहिले बोलाउने ?

672
views

काठमाण्डौ । नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। सोमबार बिहान नेताद्वय प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई भेटेका थिए। भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधि समेत उपस्थित थिए ।

उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन् ।

उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन् ।

पौडेलले पार्टी अहिले संकटमा भएको बताउँदै करेक्सन गरेर नवजीवन दिन सभापतिलाई आग्रह गरेका थिए । जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने बताउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको बताएका थिए ।

यस अघि आइतबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बसेको थियो । उनीहरुको भेलाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै भेटेर कुरा गर्ने जिम्मा पौडेललाई दिएको थियो ।

पौडेल पक्षीय युवा केन्द्रीय सदस्यहरुको सक्रियतामा आइतबार राजधानीमा भएको भेलाले सभापति देउवाले बैठक बोलाउन विलम्ब गरेर हस्ताक्षर अभियान चलाउने निष्कर्ष समेत निकालेको थियो । उनीहरुले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार टुंगो केन्द्रीय समितिबाटै लगाउनुपर्ने माग गरेका थिए ।