एककरोड फिरौती सहित अपहरणमा परेका एक बालकको सकुसल उद्दार

1075
views

नवलपरासी, २ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको बिशेष पहलमा अपहरीत एक भारतीय बालकको सकुसल उद्दार गरिएको छ । गत बिहीवार भारत उत्तर प्रदेश ठुठिबारीबाट १ करोड फिरौती माग रकमसहित अपहरणमा परेका ७ बर्षीय बालक आयुस निगमको सकुसल उद्दार भएको हो । बालकको सकुसल उद्दारको लागि पूर्व गृहराज्यमन्त्री एवम् प्रतिनिधी सभा सदस्य देबेन्द्रराज कँडेलले नेपाल र भारत दुबै क्षेत्रका सबै सुरक्षकर्मीहरुसँग समन्वय गरेर बालकको सकुसल उद्दार गर्न सफल भएका हुन् ।

ठुठीवारीका कपडा ब्यवसायी बब्लू निगमका ७ बर्षीय छोरा आयुस निगम ठुठीबारी बजारबाट अपहरणमा परेका थिए । नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको विशेष सहयोगमा नेपालसँग सीमा जोडिएको बिहार राज्यको वाल्मीकि नगर जङ्गल क्षेत्रबाट बालकको उद्दार गरिएको हो ।