रक्तदान कार्यक्रमको तिब्र तयारी गर्दै एनआरएनए युगाण्डा

803
views

गैरआवासीय नेपाली संघ (एनआरएनए युगाण्डा) ले रक्तदान कार्यक्रमलाई तिब्र तयारीमा लगेको छ । जनवरी १३ का दिन ब्अबअष्ब मल फुड कोर्टमा समितिका अध्यक्ष राजमणि भण्डारीको अध्यक्षतामा बसेको बैठकले आगामी ११ फरवरीका दिनको रक्तदान कार्यक्रम सफल बनाउने निनर्णयहरु गरेको छ ।

संस्थाका उपाध्यक्ष विनोद थापा, महासचिव रमेश शर्मा, सचिव गंगालाल खरेल, प्रवक्ता कमलदत्त भट्ट, कोषाध्यक्ष मन्जुल पाठक लगायतको उपस्थितिमा बसेको बैठकले आर्थिक संकलन, ब्लड बैंक र रेडक्रसको अन्तिम सुझावका बारेमा, बजेट निर्धारण तथा संस्था दर्ता सम्बन्धमा विभिन्न छलफल तथा निर्णय गरेको थियो ।

त्यस्तै आर्थिक संकलनका लागि सक्रिय सदस्यहरुले सक्दो प्रयास गर्ने, विभिन्न संघसंस्थता तथा अन्य सोर्सबाट आर्थिक संकलन जुटाउने । ब्लड बैंक तथा रेडक्रसको अनुमतिको विषयमा तर्फबाट औपचारिक पत्र पठाउने र यसका लागि संस्थाका अध्यक्ष राजमणी भण्डारी र महासचिव रमेश शर्माको मुख्य भूमिका रहने बताइएको छ ।

त्यस्तै संस्था दर्ताका लागि महत्वपूर्ण सर्टि्फिकेट र टिन नं का लागि संस्थाका महासचिव रमेश शर्मालाई जिम्मेवारी दिइएको छ भने ब्लड डोनेशन कार्यक्रमका दिन पेपर मेडियाबाट न्युज भिजन र इलेक्ट्रोनिकबाट एनटिभीलाई आमन्त्रण गरिने पनि जनाइएको छ ।