सरकारले तोकेका सात प्रदेशका अस्थायी राजधानी

931
views

काठमाण्डौ, ३ माघ । काठमाडौँः सरकारले सातवटै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो ।

महिला तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाका अनुसार मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकेको छ ।