प्रदेश तीनको अस्थायी राजधानी हेटौँडा

1650
views

काठमाण्डौ, ३ माघ । सरकारले अप्रत्यासितरुमा प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेको छ । उपप्रधानमन्त्री कमल थापाको गृहजिल्ला मकवानपुरको हेटौँडा उपमहानगरलाई सरकारले तीन नम्बर प्रदेशको अस्थायी राजधानी तोकेको हो ।

तीन नम्बर प्रदेशको अस्थायी राजधानीका रुपमा यसअघि भक्तपुर चर्चामा थियो । त्यसैगरी काभ्रेको धुलिखेल र बनेपाले पनि प्रदेश ३ को राजधानी दाबी गरेको थियो ।

हेटौँडालाई प्रदेश ३ को राजधानी बनाउन उपप्रम थापाले मन्त्रिपरिषद्मा दबाब दिँदै आएका थिए । हेटौँडा सिन्धुपाल्चोक र काभ्रेसहितका जिल्लालाई भने राजधानीका रुपमा अपायक पर्छ ।