डोटीमा आन्दोलनकारीमाथि १० राउण्ड हवाइ फायर, तीन घाइते

853
views

काठमाण्डौ, ४ माघ । डोटीमा अस्थायी राजधानीको विषयलाई लिएर सुरु भएको आन्दोलनलाई निस्तेज पार्न प्रहरीले १० राउण्ड हवाईफायर गरेको छ । आन्दोलनले उग्र रुप लिएपछि मत्थर पार्न प्रहरीले हवाईफायर गरेको हो । बिहीबार दिउँसो दिपायलमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय आगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १० राउण्ड हवाइ फायर भएको हे । झडपमा परी तीन आन्दोलनकारी घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय अगाडि आन्दोलनकारीले प्रधानमन्त्रीको पुत्ला जलाएपछि झडप भएको हो । प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

प्रर्दशनकारीले सरकारी मोटरसाइकल समेत जलाएका छन् । सरकारले गरेको निर्णयको विरोधमा जारी आन्दोलनका क्रममा डोटीमा मोटरसाइकल जलाइएको हो । बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले आगो लगाएका हुन्