सरकारले तोकेको प्रदेश प्रमुख र अस्थायी राजधानीप्रति असहमति–ओली

859
views

काठमाण्डौ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रदेश प्रमुख र अस्थायी राजधानीप्रति वाम गठबन्धनको असहमति रहेको बताउनु भएको छ । ओलीले सरकारले सिफारिस गरेको उक्त निर्णयमा असहमति रहेको जनाउनुभएको हो ।

थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रदेश प्रमुख र अस्थायी राजधानी तत्काल निर्धारण गर्न सरकारलाई आग्रह गरेपनि व्यक्ति र स्थानबारे भने सहमति नभएको स्पष्ट पार्नु भएको हो ।

एमाले र माओवादी केन्द्रले नाम नदिएपछि सरकारले हिजो कांग्रेसका पाँच र मधेस केन्द्रित दलका दुई जनालाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । जसप्रति असहमति जनाउँदै ओलीले आउने सरकारले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताउनु भयो ।