कलाकार मनोज गजुरेल र पत्नि मिना गजुरेलको सम्बन्ध विच्छेद

711
views

काठमाण्डौ । हाँस्य कलाकार मनोज गजुरेल र पत्नि मिना गजुरेलको सम्बन्ध विच्छेदको भएको छ । मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई सम्बन्ध विच्छेद गरी टुङ्गयाएका छन् ।


विशेष स्रोतका अनुसार, मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । त्यस्तै, सम्बन्ध विच्छेदबारे हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो ।

त्यसैगरी, दुवैले सम्बन्ध विच्छेदको कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मिना अलग–अलग नै बस्दै आइरहेका थिए । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

त्यस्तै पति मनोजसँग सम्बन्ध विच्छेद गरे पछि मिना बुटिक सञ्चालन गर्ने तयारीमा लागेकि छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् ।

हाँस्यकलाकार मनोज गजुरेल र मिनाले वि.सं. २०५३ सालमा पहिलो पटक भेट भएको थियो । त्यस पछि केही समय प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए ।