हङकङका संस्थाले बुझाए महाबीरको अभियानलाई सर्वसाधारणबाट उठेको रकम

826
views

हङकङ, ७ माघ । राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाबीर पुनका लागि हङकङका संस्थाले नगद दिएका छन् । महाबीरको अभियानको नाममा सर्वसाधारणबाट सहयोग रकम उठाएर ७ महिनासम्म चुपचाप बस्ने हङकङका केही संस्थाका बारे सञ्चार माद्ययममा आएपछि स्पष्टिकरण सहित रकम हस्तान्तरण गर्न थालेका हुन् ।

भारतीय गोर्खा भूतपूर्व सैनिक संघले ५, मगर संघ हङकङ ३ लाख, श्रीनगर पाल्पा समाज हङकङ १ लाख, झापा मन्च हङकङ १ लाख, तमु समाज हङकङ १ लाख र तनहुँ समाज हङकङले ५० हजार रुपैयाँ महाबीर पुनलाई हस्तान्तरण गरेका छन् ।