सिमा अतिक्रमण क्षेत्रमा अखिल क्रान्तिकारीको टोली

1044
views

नवदृष्टि डेष्क । अनेरास्ववियुसहित अखिल क्रान्तिकारीको टोली सीमा अतिक्रम क्षेत्रमा पुगेको छ । अनेरास्ववीयु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगञ्जमा मिचिएको सीमा अतिक्रमण क्षेत्रमा पुगेको हो ।

सिमा अतिक्रमण क्षेत्रको स्थलगत अवलोकनका लागि उक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १ को सीमा क्षेत्रमा पुगेको हो । नेपालको सीमा भारततर्फ मिचिएकोबारे जानकारी पाएपछि स्थलगत अध्ययनका लागि टोली वीरगञ्ज पुगेको नेताहरुको भनाई छ ।

नेपालको धनी पूर्जा लिएर, नेपाल सरकारलाई तिरो तिरेको जमिन भारतमा पर्न गएको, नेपालतर्फ परेको जमिनपनि भोगचलन गर्न नपाएको भन्ने बारे बुझ्न टोली सीमा क्षेत्रमा पुगेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।