अमेरिकामा एक नेपालीको गोली हानी हत्या

लुटेरा तथा हत्याराको सूचना दिनेलाई पुरस्कार दिने प्रहरीको घोषणा

735
views

टेक्सस (अमेरिका) ८ माघ । अमेरिकामा एक नेपालीको लुटेरा समुहले गोली हानी हत्या गरेको छ । टेक्सस राज्य गारल्यान्ड सहरस्थित उक्जोन पेट्रोल पम्पसँगै पसल सञ्चालन गर्दै आएका मनीष पाण्डेलाई लुटेरा समूहले गोली हानी हत्या गरेको हो ।

टेक्सस राज्यको ड्यालस शहरको उत्तर पूर्व स्थित तथा ड्यालस फोर्ट वर्थ मेट्रो प्लेक्सको एक भाग रहेको उक्त शहरमा गत जनवरी २० तारिख राती २ जना लुटेराहरुसँग भिडन्त भएको थियो ।

एक्जोन सर्व सुलभ पसलमा उक्त घटना भए लगत्तै एक पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए । उक्त पसलमा जडान गरिएको सिसिटिभी भिडियो फुटेजपछि प्रहरीले घटनामा संलग्न दुई जना रहेको देखिएको छ । अमेरिकन अफ्रिकन लुटेराले पसलका क्लर्क ३५ बर्षिय मनिष पाण्डेलाई गोली प्रहार गरी हत्या गरेको भिडियोमा देखिएको छ । लुटेरा तथा हत्याराहरुको सूचना दिने लाई ५ हजार डलर पुरस्कार दिने प्रहरीले घोषणा गरेको छ ।