सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी, जुनसुकै मुलुकमा पक्राउ गर्न सक्ने

751
views

काठमाडौँ, ८ माघ । नेकपा एमालेका सांसद तथा पूर्व डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । डिफ्युजन नोटिस जारी भएपछि अभियुक्तलाई जुनसुकै मुलुकका प्रहरीले पूर्व पक्राउ गर्न सक्छन् । नेपालमा अपराध गरेर विदेश भागेका अपराधिलाई पक्राउ गर्नको लागि यो नोटिस इन्टरपोलले जारी गर्छ ।

सिलवाल आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि र प्रहरीको पक्राउ प्रयास लगातार असफल भएपछि प्रहरीले डिफ्युजन नोटिश जरी गरेको हो । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो ।

नवराज सिलवाल ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले गिरफ्तारी दिन नमान्दै जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएपनि  तर उक्त प्रयास असफल भएको थियो ।