सल्यानमा बस दुर्घटना, चारको मृत्यु

663
views

दाङ । रुकुमबाट दाङ जादै गरेको यात्रुवहाक बस सल्यानको त्रिवेणी गाउँपालिका–६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा चार यात्रुको ज्यान गएको छ ।

रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप २१ जना घाइते भएको वडा प्रहरी कार्यालय लुहामले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुम मुसीकोटकी पुष्पा खड्का केसी र सल्यान बाघचौरकी छन्चरी विक रहेका छन् । अन्य दुईजनाको सनाखत हुन सकेको छैन ।

प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई उपचारको लागि सल्यान र नेपालगन्ज पठाइरहेको छ । शव संकलन भइरहेकाले मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ ।