काँग्रेसले जिल्ला सभापतिहरूको राष्ट्रिय भेला बोलाउँदै

599
views

काठमाडौं । समसामयिक राजनीतिको समीक्षा र तरुण दलको संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि छलफल गन नेपाल तरुण दलले राष्ट्रिय भेला गर्ने भएको छ ।

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको नगरकोटमा तरुण दलका जिल्ला सभापतिहरुको भेला र प्रशिक्षण गर्न लागिएको बताएका हुन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ संविधान निर्माण भई स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको भएको र मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिको समीक्षा गर्न, तरुण दलको संगठन चुस्तदुरुस्त तथा थप निर्माण र भावी रणनीतिका विषयमा छलफल गर्न भेलाको आयोजना गरिएको जनाइएको छ ।