पशुपतिको ४९ औं वार्षिक उत्सव

885
views

दीपसागर पौडेल
पर्वत, ९ माघ । मोदी गाउँपालिका–७ राम्जा देउरालीमा रहेको पशुपति उच्च माद्ययमिक विद्यालयले सरस्वती पुजाको अवसरमा ४९ औं वार्षिक उत्सव एवं अभिभावक भेला तथा पुरस्कार वितरण गरेको छ ।

गतबर्ष उत्तिर्ण कक्षा १ देखी कक्षा ९ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक लक्षमण गौतमले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य गुप्त बहादुर हमालले विद्यालयको गुणस्तर पढाई र भौतिक संरचनाको विकासमा जोड दिनुपर्ने बताए । हमालले शिक्षा सरोकारवालाहरुसँग सकरात्मक भूमिका निर्वाह गर्नेमा आफु प्रतिवद्ध रहेको बताए ।

सोही अवसरमा मोदी गाउँपालिका–७ का वडा अध्यक्ष बसन्त गुरुङले सरकारी विद्यालयका विद्यार्थीलाई वोर्डिङको मोहबाट मुक्त गराउन शिक्षकहरुको मुख्य भूमिकाका साथै पढाईमा गुणस्तरीयता कायम गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक लक्षमण गौतमले सरकारी तवरको पढाईमा आफ्नो विद्यालयको शैक्षिक स्तरमा कुनै कमी नआएको बताए । उनले निजी होस् या अन्य कुनैपनि विद्यालयका विद्यार्थीहरुसँग आफ्नो स्कुलका विद्यार्थीले प्रतिष्पर्धा गर्ने क्षमता राख्ने दाबी गरे ।