कोमल ओली कहिले राप्रपा कहिले एमालेः राष्ट्रिय सभामा एमालेबाट उम्मेदवार

674
views

रौतहट । चर्चित लोक गायिका कोमल ओलीलाई नेकपा एमालेले राष्ट्रिय सभाको लागि उम्मेदवार बनाएको छ । प्रतिनिधि तथा प्रदेश सभा चुनाव अगाडी राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी ओलीलाई एमालेले राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको हो ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रदेश सभा सांसद बन्न खोजेकी ओलीलाई एमालेले अन्तिम समयमा टिकट नदिएपछि बागी उम्मेदवारी समेत दिएकी थिईन तर उनलाई राष्ट्रिय सभा सांसद बनाउने आश्वसन दिएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिईन् ।

हिजो बसेको एमाले स्थायी कमिटिको बैठकले ओली सहित अन्य १४ जना उम्मेदवारको नाम समेत टुंगो लगाएको छ । प्रदेश नम्बर ५ बाट ओलीसहित रामलखन हरिजन, खिमलाल भट्टराई , मीना बुढा लाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश नम्बर ७ बाट कमला ओली, इन्दु कडेरिया, शेरबहादुर कुँवर चक्रप्रसाद स्नेही उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी, नन्दा शर्मा, नरपति लोहार, भैरवसुन्दर ठगेन्द्र पुरीलाई उम्मेदवार बनाउने भएको छ । एमालेले माओवादी केन्द्रसँग तालमेल गरेपछि पाएको २९ मध्ये बाँकी १५ सिटको टुंगो भने सम्भवतः मंगलबार लगाउने छ ।