राष्ट्रिय सभामा १७ जना निर्विरोध ६६ जनाको प्रतिस्पर्धा

628
views

काठमाडौँ, ११ माघ । राष्ट्रिय सभामा १७ जना सांसद निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न मनोनयन अनुसार ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध हुने अवस्था छ । १७ जना निर्विरोध निर्वाचित भएसँगै माघ २४ मा हुने निर्वाचनमा बाँकी ३९ सिटका लागि ६६ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले प्रतिनिधित्व हुनेमा खुला ३, महिला ३, दलित १ र अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ जनाको प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । कूल ५९ सदस्यीय सभामा ५६ सदस्य निर्वाचनबाट चयन हुने संवैधानिक व्यवस्था छ । तीन सदस्य भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था छ ।

प्रदेश १
नैनकला ओझा –एमाले (महिला)
सरिता प्रसाईँ –कांग्रेस (महिला)
विना पोखरेल –माओवादी (महिला)

प्रदेश २
मुक्ताकुमारी यादव –कांग्रेस (महिला)
शशीकला दाहाल –माओवादी (महिला)
प्रमिलाकुमारी यादव –सं.स. फोरम (महिला)
रामप्रित पासवान –सं.स. फोरम (दलित)
वृषेशचन्द्र लाल –राजपा (अल्पसंख्यक)

प्रदेश ५
कोमल ओली –एमाले (महिला)
मीना बुढा –एमाले (महिला)
अनिता देवकोटा –कांग्रेस (महिला)
प्रदेश ७

शेरबहादुर कुँवर –एमाले (पुरुष)
इन्दु कडरिया –एमाले (महिला)
कमलाकुमारी ओली –एमाले (महिला)
बद्रीप्रसाद पाण्डे –कांग्रेस (पुरुष)
तारादेवी भट्ट –कांग्रेस (महिला)
हरिराम चौधरी –माओवादी (पुरुष)