कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

607
views

काठमाडौँ, ११ माघ । उपाधि दावेदार रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति आफ्नै मैदानमा खेलेको रियाल मड्रिडलाई लेगानेजले २-१ ले हरायो । लेगानेजलाई विजयी गराउन हेभियर ईरासो र ग्याब्रिएलले एक–एक गोल गरे ।रियालका करिम बेन्जमाले एक गोल गरे । पहिलो लेगमा १-० ले विजयी भएको रियाल मड्रिड दोस्रो लेगमा २-१ ले पराजित भएपछि खेल समग्रमा २-२ गोलको बराबरीमा पुग्यो ।

यस्तोमा अवे गोलको आधारमा लेगानेज सेमिफाइनलमा पुगेको हो । दुई लेगको क्वाटरफाईनल खेलमा रियालले विपक्षी टोलीको मैदानमा एक गोल गरेको थियो भने लेगानेजले रियालको मैदानमा २ गोल गरेको थियो । स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको अर्को क्वाटरफाइनलमा आलाभेजलाई टाई ब्रेकरमा हराउँदै भ्यालेन्सीया पनि सेमिफाइनलमा पुगेको छ ।