६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने सरकारको निर्णय स्वागतयोग्यः रायमाझी

746
views

काठमाडौँ, ११ माघ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रदेशमा सरकार बनाउने विषयमा माओवादीको केही पनि दाबी नभएको बताएका छन् । रायमाझीले पार्टी एकता प्रक्रिया चलिरहेकाले समझदारीमा नै प्रदेश सरकार बनाइने बताएका हुन् । उनले सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्ध भत्ता दिने निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

छ वटा प्रदेशमा वाम गठबन्धनले सरकार बनाउने अवस्था रहेकाले लेनदेनको राजनीति नगरिने पनि स्पष्ट पारेका छन् । देशमा स्थिरता कायम गरेर समृद्धि र विकासको युगमा प्रवेश गर्ने समय भएकोले लेनदेनको राजनीतिबाट माथि उठ्नुपर्ने बताए ।

बुधबारको मन्त्रीपरिषद बैठकले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि ७० वर्ष उमेर पुगेकालाई मात्रै वृद्ध भत्ता दिइँदै आएकोमा सरकारले ६५ वर्ष उमेर पुग्ने बित्तिकै वृद्धभत्ता दिने निर्णय गरेको हो ।

वृद्धवृद्धालाई सम्मान हुने गरी गरिएको निर्णयलाई महत्वपूर्ण भन्दै उनले आगामी सरकारले निरन्तरता दिने नेता रायमाझीको भनार्य थियो ।