“कोही लुकेर“ बोलको गीतको भिडियो सार्वजनिक

900
views

जापान । परदेशमा रहेर घरदेसको कला, साहित्य र संगीतको उत्थानमा सक्रिय रहने नेपालीहरुमध्ये एक हुन सहित्यकार तथा सर्जक अनिल कुमार निर्दोष । उनले जापानमा रहेर पनि अनिल भुसाल, अनिलकुमार निर्दोस, बिमल जि यम, मखन श्रीस, मिस टाइगर, रन्जु घले लगायतको समुहले “कोही लुकेर“ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

शालिक सापकोटाको शब्द, संगीत र हेमन्त शिशिरको आवाजमा रहेको उक्त गीतको भिडियो जापानको सेन्दाइ स्थित बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । जापान बिशेष दृष्य देख्न पाइने भिडियोलाई अनिल भुसालले छायांकन र निर्देशन गरेका छन ।

शारीरिक र मानसिक रुपमा फरक क्षमता भएका मानिसहरुमा पनि साधारण मान्छेमा जस्तै मन र रहर हुन्छन भन्ने बिषय प्रस्तुत गरिएको उक्त भिडियोमा अनिल भुसाल, अनिलकुमार निर्दोस, बिमल जि यम, मखन श्रीस, मिस टाइगर, रन्जु घले लगायतको अभिनय रहेको छ ।

https://youtu.be/vNr7-PVIXtg

यू ट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई अनिलकुमार निर्दोषले इडिटिङ गरेका छन् । जापानमा रहेको यो समुहले यसअघि “यो शहर हो“ बोलको गीतको भिडियो र “दिव्य दृष्टि“ सर्ट मूभी पनि सार्वजनिक गरिसेको छ ।