साउदी अरबका अर्बपति राजकुमार अलवालिन बिन तलाल जेलमुक्त

1150
views

एजेन्सी दुवई १४ माघ । साउदी अरबका अर्बपति राजुकमार अलवालिन बिन तलाल थुनामुक्त भएका छन् । भ्रष्टाचारको अभियोगमा उनी पक्राउ परेका थिए। दुई महिनाभन्दा बढी समय जेल जीवन बिताएपछि उनी थुनामुक्त भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सलाई रियादस्थित अपुलेन्ट रिट्ज—कार्लटन होटलमा अन्तर्वार्ता दिएको केही घन्टापछि उनी जेलमुक्त भएको सार्वजनिक भएको हो । अन्तर्वार्तामा उनले आफूले केही गल्ती नगरेको दाबी गरेका छन्।

पारिवारिक स्रोतका अनुसार राजकुमाल अलवालिद शनिबार जेलमुक्त भएका हुन् । ‘जेलमुक्त भएर उहाँ घर आउनु भएको छ’, राजकुमार अलवालिदको पारिवारिक स्रोतलाइ उदृत गर्दै रोयटर्सले जनाएको छ । उनको रिहाइबारे साउदी सरकारले कुनै प्रतिक्रिया दिएको छैन । के सर्तमा उनी रिहा भए भन्ने पनि खुलेको छैन। उनी फोर्ब्स म्यागेजिनमा सूचीकृत धनाढ्य हुन् ।

गत नोभेम्बर महिनामा राजकुमार अलवालिदलाई अन्य दर्जनौं मन्त्री एवं राजपरिवार सदस्यसहित बन्दी बनाइएको थियो । साउदी युवराज एवं साउदी राजतन्त्रका उत्तराधिकारी मोहम्मद बिन सलमानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी महत्वकांक्षा र सत्तामा आफ्नो पकड स्थापना गर्ने योजनाअन्तर्गत उनीहरुलाई पक्राउ गरिएको थियो ।

साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदको सत्ताविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा शनिबार ती राजकुमारहरू पक्राउ परेको उल्लेख गरेका थिए । दरबारमा रहेर राजाविरोधी गतिविधि र षड्यन्त्र गरेको आरोप उनीमाथि लगाइएको थियो । साउदी राजाले राजकुमारहरूले प्रयोग गर्ने बिजुली र पानीको बिल नतिर्न निर्देशन दिएका थिए । सो निर्देशनको विरोधमा राजकुमारहरूले दरबारविरोधी गतिविधि सञ्चालन गरेका थिए । आफूहरूले वर्षौंदेखि पाउँदै आएको सुविधा कटौती भएपछि राजकुमारहरू विरोधमा उत्रिएका थिए ।