लिभरपुललाई हराउँदै वेष्ट ब्रोम पाँचौं चरणमा

793
views

काठमाडौं, १४ माघ । लिभरपुललाई हराउँदै वेष्ट ब्रोम एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ । गएराति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोम ३–२ ले विजयी भयो ।

खेलमा वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले २ गोल गरे भने लिभरपूलका जोएल माटिपले एक आत्माघाति गोल गरे । लिभरपुलका लागि रोबर्टो फर्मिनो र मोहोमद सालाहले एक–एक गोल गरे । जितसँगै वेष्ट ब्रोम एफ.ए. कपको अन्तिम १६ मा पुग्दा लिभरपुल चौथो चरणबाटै बाहिरिएको छ ।

एफ.ए कप फुटबलका अन्य खेलमा पिटरबोरो युनाईटेडलाई ५–१ ले हराउँदै लेष्टर सिटी, वाट्फोर्डलाई १–० ले हराउँदै साउथह्याम्पटन, वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराउँदै विगान एथ्लेटिक तथा मिडिल्सब्रोलाई १(० ले हराउँदै ब्राईटन पाँचौ चरणमा पुगेका छन् ।

न्यूपोर्ट काउण्टीसँग १–१ गोलको बराबरी खेलेको टोटनह्याम हट्सपरले भने पाँचौं चरणमा पुग्न रि प्ले खेल्नुपर्ने भएको छ ।