बेरोजगार युवाभत्ता मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा

676
views

काठमाडौं, १४ माघ । सरकारले गरेका निर्णयहरुलाई बामगठबन्धनले देशका लागि दुरगामी असर भनिरहँदा काम चलाउ सरकारका प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले बेरोजगार युवालाई मासिक भत्ता दिने निर्णय गर्ने तयारी गरेको जनाइएको छ ।

कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले देउवाले महत्वपूर्ण निर्णयालाई निरन्तरता दिदै बेरोजगार भत्ता दिने निर्णय गर्न लागेका हुन् । प्रधानमन्त्री हुनासाथ सुरुमा निर्वाचन आचारसंहिताले केही काम गर्न नपाएको भन्दै देउवाले चुनाव सकिएलगत्तै आफ्नो योजनामा रहेका विषय निर्णय गरेर कार्यान्वयनमा लैजान लागेको बताइएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि राष्ट्रको ढुकुटी बढाउन योगदान दिएको कांग्रेसले अहिले केही वितरणमुखी कार्यक्रम ल्याउनु स्वभाविक भएको बताएका छन् । सरकारको निर्णय नियमसम्वत भएको शर्माले बताएका छन् ।

प्रवक्ता शर्माले कांग्रेसले राष्ट्रको ढुकुटीमा पैसा बढाउनका लागि मूल्य अभिवृद्धि करको नीति ल्याएर अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै अहिलेको सरकारले गरेका निर्णयको आलोचना गर्नुको औचित्य नरहेको स्पष्ट पारेका थिए ।