ओझेल परेकी सुस्मिता सेन उही क्षेत्रमा फर्किन आतुर

889
views

नयाँ दिल्ली, १४ माघ । पूर्व मिस युनिभर्स सुस्मिता सेन पुनः फिल्ममा फर्किन आतुर रहेको समाचार बाहिरिएको छ । सन् २०१० देखि फिल्म नपाएर बलिउडबाट ओझेल परिसकेकी उनी यतिवेला पूनः बलिउडमा कमब्याक गर्न चाहिरहेकी छिन ।

तर, उनी राम्रो विषयवस्तु पाए मात्र फिल्म खेल्ने मुडमा छिन् । उनले पछिल्लो पटक ‘नो प्रोब्लम’ मा अभिनय गरेकी थिइन् । गत शुक्रबार आफ्नी कान्छी छोरी अलिशासँगै रुबल नागी कला फाउन्डेसनको गणतन्त्र दिवस समारोहमा उपस्थित भएकी सेनले डेढ वर्षदेखि राम्रो कथाको खोजी गरिरहेको खुलासा गरिन्।

उनले एउटा फिल्मका लागि ६ महिनाको समय निकाल्न सक्ने बताइन् । सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेपछि उनी फिल्मी क्षेत्रसँग जोडिएकी थिइन् । एजेन्सी