काठमाण्डौ, १५ माघ । नेपाली क्रिकेटको विवाद समाधानक लागि मनिटरिङ कमिटी गठन गर्न आईसीसीले प्रस्ताव गरेको छ । सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले ५ सदस्यीय मनिटरिङ कमिटी गठन गर्ने प्रस्ताव गरेको हो ।
आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेखको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य रहनेछन् ।
यसैगरी निर्वा्चित नेपाल क्रिकेट संघ क्यानको तर्फबाट एक तथा राष्ट्रिय खेलकुद परिषद राखेपको तर्फबाट एक जना सदस्य रहनेछन् ।
उक्त कमिटीलाई चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले अनुमोदन गर्नुपर्नेछ । मनिटरिङ कमिटीले क्यानको नयाँ विधान अनुसार जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्मको चुनाव गराउने जिम्मेवारी पाउनेछ ।