अपाङ्गता भएका व्यक्तिका परिचयपत्र कार्यालयमै थन्किए

1074
views

महेन्द्र जिसी
पर्वत, १५ माघ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लामा सरकारी कार्यालयका प्रमुखहरु कार्यालयमा बस्न छाडेका छन । आगामी वर्षको बजेट नीति तथा कार्यक्रमहरु स्थानीय निकायमा पुगेका कारण कार्यालय प्रमुखहरु कार्यकक्षमा बस्न छाडेका हुन ।

कार्यालय प्रमुखहरु विभिन्न गोष्ठी तालिम र एनजीओ आईएनजीओको कार्यक्रमहरुमा व्यस्त बनेपछि सेवा प्रभावित बनेको छ । विकासे कार्यालका प्रमुख भन्दापनि सेवाप्रदायक कार्यालयका प्रमुखहरु सेवा भन्दा कमाउने धन्दामा लाग्दा सेवा प्रभावित बनेको हो ।

विषेश गरी स्वाथ्य र अपाङ्गताका क्षेत्रमा काम गर्ने प्रमुखहरु कार्यालयमा नबस्ने गरेका कारण सेवाग्रहीले सास्ती व्यहोर्नु परेको हो । महिला तथा बालबालिका प्रमुख कार्यालयमा नबस्ने गरेका कारण सदरमुकाम आएर परिचय बनाउने अपाङ्गहरुले परिचय पत्र बनाउन र नविकरण गर्न नपाएका हुन ।

अहिले कार्यालया तीन दर्जनभन्दा बढी परिचय पत्र बनाउने र नविकरण गर्ने फारमहरु अलपत्र अवस्थामा रहेका हुन । कार्यविधिमा कार्यालय प्रमुखले हस्ताक्षर गरेर परिचय पत्र जारी गर्नुपर्ने प्राबधान रहेको भएपनि कार्यालयमा प्रमुख नबस्ने गरेका कारण परिचय पत्र नबनेको कर्मचारीहरुले बताएका छन ।

एक कर्मचारीका अनुसार अन्य शाखाबाट हुनुपर्ने काम भईसकेको र कार्यालय प्रमुखबाट काम रोकिँदा सेवाग्राही मर्कामा परेका हुन । विषेश गरी हात खुट्टा नचल्ने प्यारालाईसिस, वौद्धिक अपाङ्गता भएकाहरुले सास्ती पाउन थालेका छन ।

निर्देशिकामा वर्षको ६ पटकसम्म वैठक बसेर पहिचान खुलाउन नसकिएका परिचय पत्र वितरण गराउनु पर्ने व्यवस्था गरीएको भएपनि वैठक समेत नियमीत बस्न नसकेका कारण जिल्लाका अपाङ्गहरुले परिचय पाउन नसकेका हुन् ।