कांग्रेसबाट राष्ट्रियसभामा को–को निर्विरोध भए ?

605
views

काठमाण्डौ, १६ माघ । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आठ जना निर्विरोध चयन भएका छन् ।

राष्ट्रिय सभाका ५६ सदस्यका लागि नेपाली कांग्रेसले २६ नेतालाई उम्मेदवार बनाएको थियो । कांग्रेसबाट प्रदेश ३ र ६ बाहेकका अन्य प्रदेशबाट आठ उम्मेदवार निर्विरोध भएका छन् । प्रदेश १ ,२ र ७ बाट बाट २र२ जना चयन भएका छन् भने प्रदेश ४ र ५ बाट १र१ निर्विरोध चयन भएका छन् ।

प्रदेश १ बाट रमेशजंग रायमाझी र सरिता प्रसाई चुनिएका छन् भने प्रदेश २ बाट जितेन्द्र देव र मुक्ताकुमारी यादव निर्विरोध भएका छन् । त्यस्तै प्रदेश ४ र ५ बाट क्रमशः प्रकाश पन्थ र अनिता देवकोटा निर्विरोध चुनिएका छन् । प्रदेश ७ बाट उम्मेदवार बनेका बद्रि प्रसाद पाण्डे र तारादेवी भट्ट पनि निर्विरोध भएका छन् ।