पर्वतका भूकम्प पीडितले बनाए घर

पहिलो किस्ता लिएकाहरु दोस्रो किस्तामा मौन

1123
views

पर्वत, १७, माघ । पर्वत फलेवास नगरपालिका–४ का शशीधर रेग्मी, माया कुँवर र वसन्त कुँवर यतिबेला खुसी देखिएका छन् । २०७२ सालको भूकम्पले घर भत्किएपछि निराश बनेका उनीहरु राज्यले घर निर्माणका लागि रकम उपलब्ध गराएको र सो रकमले घर निर्माण कार्य भएकोले उनीहरु हर्षित बनेका हुन् । दोस्रो किस्ता आउन नपाउँदै घर निर्माण कार्य सकिएकोले उनीहरु हर्षित बनेका हुन् ।

राज्यले भूकम्पपीडितका लागि आवास निर्माणका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएपछि भूकम्पपीडितलाई राहत भएको र पीडितले घर निर्माण कार्यलाई अगाडी बढाएको स्थानीय दिनेश रेग्मीले बताए । फनपा–४ का भूकम्पपीडित मध्ये कसैले घर निर्माण कार्य सम्पन्न गर्न लागेको र कुनै पीडितले निर्माणको कामलाई ठेक्का मार्फत निर्माणको कार्य गरिरहेको रेग्मीले नवदृष्टिलाई बताए ।

भूकम्प पीडितको पूर्णक्षति विवरणमा परेका ४६ सय ९५ जनाले पहिलो किस्ता स्वरुप पचास हजार रुपैयाँ लगेपनि दोस्रो किस्ताका लागि भने रकम सम्झौता गर्न आएका छैनन् । 

भूकम्प पीडितको पूर्णक्षति विवरणमा परेका ४६ सय ९५ जनाले पहिलो किस्ता स्वरुप पचास हजार रुपैयाँ लगेपनि दोस्रो किस्ताका लागि भने रकम सम्झौता गर्न आएका छैनन् । पर्वतमा पाँच हजार दुई सय ६९ जना पूर्ण क्षतिको विवरणमा रहेका छन्, भने चारसय १७ जना आंशिकमा रहेका छन् ।

पहिलो किस्ताको रकम लिएका मध्ये फलेवास नगरपालिकामा ७० जनाले घर निर्माण गरेको पाइएको छ । पहिलो किस्ताको रकम बुझेकाहरु सबैले घर निर्माण गरेका छैनन् भूकम्पीय आवास पूननिर्माण आयोजना पर्वतका फोकल पर्सन तुलसीराम शर्मा भन्छन् ‘जिल्लामा प्राविधिक कर्मचारीको ढिलो आएका कारणले पनि पहिलो किस्ता लगेका सबैले घर निर्माण गरे गरेका छैनन् भन्ने पाइएको छैन् ।’

 

प्राविधिक कर्मचारीकै कारण दोस्रो किस्ताको सम्झौतामा समेत ढिलाइ भएको छ । हाल ईन्जिनियर, ओभरसियर लगायतका २३ जना प्राविधिकहरु खटिएको शर्माको भनाई छ ।