‘साढे दुई लाखभन्दा बढी सिरियाली विस्थापित’

631
views

माघ १७ गते । संयुक्त राष्ट्रसंघले भनेको छ, सिरिया सरकारले नयाँ आक्रमणहरू थालेपछि गत डिसेम्बरयता मात्रै साढे दुई लाखभन्दा बढी सिरियालीहरू देशको उत्तर(पश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा चिसो र सुक्खा हिउँदमा बाँचिरहेका छन् ।

राष्ट्रसंघको सहायता निकायकी वरिष्ठ अधिकारी अर्स्युला मुलरले भनिन्, “दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र लडाइँका कारण २ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।“

आक्रमणका कारण मानिसहरू इड्लिबस्थित आफ्नो घर छोडेर अन्यत्र जान बाध्य भएका छन् । चासो
उनले सिरियाका अन्य भागमा स्थानीय निकायले अवरोध र्पुयाउँदा सहायता सामग्री द्वन्द्वग्रस्त क्षेत्रमा पुग्न नसकेकोबारे पनि चासो व्यक्त गरिन् ।

उनले डिसेम्बर १५ यता इड्लिबमा मात्रै कम्तीमा १६ अस्पताल र क्लिनिकहरूमाथि हमला भएको बताइन् । हमलाका कारण विस्थापितहरूका लागि बनाइएको शिविरमा क्षमताभन्दा बढी मानिसहरू बसिरहेका छन् ।

सिरियाली फौजले गत वर्षको अन्त्यमा रूसी सेनाको सहयोगमा आक्रमणहरू थालेका थिए । टर्कीका सेनाले पनि उत्तरी सिरियामा कारबाही थालेपछि त्यसले व्यापक अन्तर्रा्ष्ट्रिय प्रतिक्रिया निम्त्याएको थियो । गृहयुद्ध शुरु भएको सात वर्षपछि सरकारको नियन्त्रणबाट पूर्ण बाहिर गएको यो अन्तिम प्रान्त हो ।