ओली–स्वराज भेट ‘वन टु वन’ नहुने

805
views

काठमाडौं १८ माघ । नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ नै भेटवार्ता हुने भएको छ । राजधानीको सोल्टी होटलमा एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच ६.३० मा भेटघाट र कुराकानी हुने एमाले नेता राजन भट्टराईले बताए।

स्वराजको भेटघाट को को सँग कुन समयमा हुन्छ, त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन । प्रारम्भिक जानकारी अनुसार ओलीसँगको भेटपछि नै स्वराजको राजनीतिक भेटघाट हुने देखिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँग बाहेक अन्य भेटघाटबारे परराष्ट्र मन्त्रालय समेत बेखवर छ ।

भट्टराईका अनुसार, ओली–स्वराज भेटघाट ‘वन टु वन’ हुनेछैन। ‘अहिलेसम्मको स्थिति अनुसार ओलीले पार्टीका केही नेताहरुसहित स्वराजसँग भेटघाट गर्नुहुनेछ’ भट्टराईले भने, ‘तर अध्यक्ष ओलीसँग को को नेता रहनु हुनेछ, त्यो तय भइसकेको छैन ।’