‘नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म’

705
views

रिना खनाल
काठमाण्डौ १८ माघ । ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा नेपाली सेनाले फोटो प्रर्दशनीो आयोजना गर्ने भएको छ ।नेपाली सेनलो २५ गतेदेखि २७ गते ३ दिनसम्म जङ्गी अड्डा परिसरमा (आर्मी अफिसर्स क्लबसँगै) ‘नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म’ भन्ने थिममा आधारित फोटो तथा अन्य विविध प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

प्रथम पटक आयोजना गर्न लागिएको उक्त बृहत प्रदर्शनी सर्वसाधारणको लागि समेत खुल्ला गरी प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ ।प्रदर्शनीमा फोटो प्रदर्शनीको अतिरिक्त नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायतको प्रदर्शनी गरिने व्यवस्था मिलाइएको छ ।

सेनाले गर्न लागेको उक्त प्रदर्शनीले नागरिक(सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको छ ।