३ नं प्रदेशको प्रदेशसभा बैठक हेटौडामा बस्यो

838
views

हेटौँडा, मकवानपुर १८, माघ । प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ । बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो । बैठकमा तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश गराइएको प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ । ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।