रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको निर्णय रोक्न सर्वोच्चको आदेश

668
views

काठमाण्डौ, १८, माघ । देउवा सरकारले गरेको रुकुम पूर्वको सदरमुकाम तत्काल सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय सरकारले गरेपछि सो विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको हो । न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।