सोल्टीमा प्रचण्ड र सुष्मा स्वराजबीच भेटघाट

670
views

काठमाण्डौ, १८, माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराज बीच भेटघाट भएको छ । पूर्व निर्धारीत कार्यक्रम अनुसार सोल्टी होटलमा शुक्रबार बिहान साढे ९ बजे स्वराज र प्रचण्ड बीच भेटघाट भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए ।

विदेशमन्त्री स्वराजको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सहित कांग्रेस नेतासँग भेटवार्ता हुने कार्यक्रम छ । उनी आजै अपराह्न दिल्ली फिर्ता हुनेछिन् । बिहीबार दिउँसो काठमाडौं आएकी स्वराजले भावी प्रधानमन्त्रीको मुख्य दावेदार रहेका एमाले अध्यक्ष केपी ओलीसँग एकल र एमाले नेतासहित संयुक्त भेटवार्ता गरेकी थिइन् ।

संविधान निर्माणपछि भएको पहिलो संघ र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरी सरकार नयाँ सरकार बन्ने मिति नजिकिक्दै गरेको बेलामा विदेशमन्त्री स्वराजको अस्कमिक नेपाल आगमनलाई चासो र शंकाको दृष्टिले हेरिएको छ ।