अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

638
views

शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको छ । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकाससँगै नेपाल र भारतका खेलाडीबीच मैत्रीभाव विस्तार गर्ने उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का नेता तथा समाजसेवी अजिजुर रहमान शेषले लोपोन्मुख खेलको जगेर्ना गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे । प्रतियोगिताको पहिलो दिन बिहीबार १० जोडी पहलमानले प्रतिष्पर्धा गरेका थिए ।

नेपालका नवलपरासी, पोखरा, काठमाडौँलगायतका स्थान तथा भारतका गोरखपुर, वनारस, झाँसी तथा मध्यप्रदेशका शहरबाट पहलमानले उक्त प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाइ छ ।