प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

583
views

काठमाण्डौ, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधामन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

भेटवार्तामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री सुनिलबहादुर थापा र अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि सहभागी छन् । प्रधानमन्त्रीसँग भएको यो भेटले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई बलियो बनाउनस्वराजसँग छलफल भइरहेको बताइएको छ ।