संसदीय दलको नेता छान्न काँग्रेसले खटायो प्रभावशाली नेता

793
views

काठमाण्डौ, १९ माघ । प्रदेश सभामा संसदीय दलको नेता चयन गर्नका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीका प्रभावशाली एवं केन्द्रिय नेताहरु पठाएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले प्रदेशमा केन्द्रिय नेताहरु खटाउने निर्णय गरेको हो । काँग्रेसले प्रदेश नं १ मा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधी, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४ मा गोविन्द भट्टराई, प्रदेश ५ मा वालकृष्ण खाँण, प्रदेश ६ मा ह्दयराम थामी र प्रदेश ७ मा एनपी साउदलाई खटाउने निर्णय गरेको हो ।

संसदीय दलको नेता चयन र दलको सञ्चालनको विधी मस्यौदा गर्न तिन सदस्यीय समिती गठन गरिएको छ । नेता मिनेन्द्र रिजाल संयोजक रहेको समितीमा केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेल र सूचना अधिकारी केशव रिजाल सदस्य छन् ।