बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

678
views

काठमाडौं , २० माघ । २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदै छ । सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् । यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ र्पुयाइएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशो राईले जानकारी दिए । सात विधाका उत्कृष्टले जनही २५ हजार पाउने छन् सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।