मध्य पृतना हेर्डक्वाटर अन्तर्गत तीन जिल्लाको सैनिक सम्मेलन सम्पन्न

779
views

काठमाडौं, २० माघ । माघ १७ गतेबाट मध्य पृतना हेर्डक्वाटर अन्तर्गतको दोलखा, रामेछाप र सिन्धुली जिल्लाका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको लागि सिन्धुली जिल्लाको ठुलीटार व्यारेकमा सञ्चालित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन सकिएको छ ।

सम्मेलनलाई प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सम्बोधन गर्नुभएको थियो । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको उक्त सम्मेलनमा मध्य पृतना अन्र्तगतको दोलखा, रामेछाप र सिन्धुली जिल्लाका करिव २३ सय पाँच जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।

उक्त सम्मेलनको क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव दुईहजार ९ जनाले स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी उपलव्ध गराईएको छ ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार पनि वितरण भएको थियो । सोही क्रममा अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवारहरुलाई ह्विल चियर वितरण तथा तीन जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन गरिएको थियो ।

सम्मेलनकै क्रममा मध्य पृतना हेर्डक्वाटर अन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिकहरुबाट मार्चपास्ट तथा पारिवारिक निवित्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो ।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनामा कार्यरत रही राष्ट्र हितको रक्षार्थ वीरगती प्राप्त गरेका सकलदर्जाको आत्माको चिरशान्तिको कामना गर्नुभयो । उहाँले कर्तव्य पालनाको सिलसिलामा घाईते, अशक्त तथा उपचारका क्रममा रहेका सकलदर्जाको स्वास्थ्य लाभको कामना गर्नुभयो ।

प्रधान सेनापति क्षेत्रीले राज्य संकटमा पर्दा सेनाले बगाएको रगत पसिनाको कारण देशको राष्ट्रिय अखण्डता कायम रहेको र देशलाई संकट परेको बखतमा भुतपूर्व सैनिकहरुले पु¥याएको योगदानले ईतिहास रचेको बताउनुभयो ।

सोही क्रममा प्रधान सेनापति क्षत्रीले सैनिक कल्याणकारी कोषको जानकारी दिदैं उपलव्ध स्रोत साधनको परिधिभित्र रही हिताधिकारीहरुको हित र कल्याणको लागि अधिकतम सङ्ख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यहरुलाई सहयोग तथा सुविधा प्रदान गर्ने बताउँदै अतिरिक्त कल्याणकारी सेवा सुविधाहरुको वृद्धि गरी हिताधिकारीहरुको घरदैलोसम्म पु¥याउन ठोस कदमहरु चालिएको बताउनुभयो ।