नगरबसको ठक्करबाट पिएन क्याम्पसका विद्यार्थी नेताको मृत्यु

776
views

पोखरा, २३, माघ । सोमबार साँझ पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडि नगरबसले नेविसंघका एक नेतालाई ठक्कर दिदाँ उनको मृत्यु भएको छ । क्याम्पस अगाडी भएको दुर्घटनामा परी सोही सोही क्यापसमा अध्ययनरत बोधराज ढकालको मृत्यु भएको हो ।

सोही विषयलाई लिएर नेविसंघका विद्यार्थीहरुले आज बिहानैदेखि पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्रमा घटनाको बिरोध गरेका छन् । बिरोधमा उत्रिएका नेविसंघका विद्यार्थीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । प्रहरीको लाठी चार्जबाट ६ जना विद्यार्थी घाइते भएका छन् ।

घटनाको विषयमा मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै बिरोधमा उत्रिएका विद्यार्थीहरु माथि प्रहरीले दमन गरेको भन्दै नेविसंघले घटनाको भर्तसना समेत गरेको छ ।

विद्यार्थी नेता कपिलदेब रानाभाट लगायत अन्य ६ जनालाई प्रहरीले गिरफ्तार गरेपछि पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनाबग्रस्त बनेको छ ।

नगरबसको ठक्करबाट सख्त घाइते भएका ढकालको उपचारका क्रममा मणिपाल अस्पतालमा सोमबार नै मृत्यु भएको थियो । २४ बर्षिय ढकाल नेविसंघ स्याङ्जा पिएन सम्पर्क समितिको सभापती हुन् ।