धुर्मुस–सुन्तलीको चौथो एकीकृत बस्ती हस्तान्तरण

776
views

काठमाडौं–धुर्मुस सुन्तली फाउन्डेसनले बाढी पीडितका लागि लागि रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ । एकिकृत नमुना बस्तिको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । धुर्मुस सुन्तली फाउण्डेसन मार्फत पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभुत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ ।

निर्माण भएको सबै घरहरु दुई तलाका रहेका छन् । यि घरहरु भूकम्पप्रतिरोधी हुन् फाउण्डेसनका सिताराम कट्टेल धुर्मुसले जानकारी दिए । उनले प्रत्येक घरमा खानेपानीको धारा र अच्याड बाथरुमको ब्यवस्था गरिएको पनि जानकारी दिए । निर्मित सबै घरहरु अपाङ्ग तथा बालमैत्री संरचनामा निर्माण गरिएको छ ।

सन्तपुरका माझी, मुसहर, दुसाद, लोहार, हजाम समुदायका परिवारका लागि ति घरहरु निर्माण गरिएको थियो । घर निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका प्रवासी नेपालीहरुको सहयोग उपलब्ध भएको थियो ।

बस्ति हस्तान्तरण कार्यक्रममा महजोडी, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु, कलाकारहरु र स्थानीयको सहभागिता रहेको थियो ।