राष्ट्रिय सभा निर्वाचनः प्रदेश ३ , ४ र ५ मा सकियो मतदान

853
views

काठमाण्डौ, २४ माघ । काठमाडौः राष्ट्रिय सभा सदस्यको लागि प्रदेश ३, ४ र ५ को मतदान सकिएको छ । प्रदेश ३ मा ३४८ मतदाता र १४ उम्मेदवार छन् । बिहान १० बजेदेखि ललितपुरको जाउलाखेलमा रहेको भलिबल मैदानमा १ बजे सकिएको छ ।

प्रदेश ४ को मतदान समेत सकिएको छ। पोखरामा भएको प्रदेश ४ को निर्वाचनमा २३० मध्ये २२९ जनाले मतदान गरेका छन्। यो प्रदेशमा १० जना उम्मेदवार छन् । अदालतबाट पाँच वर्षको सजाय पाई फरार रहेका प्रदेश सभा सदस्य दीपक मनाङ्गे भने मतदान गर्न आएनन् ।

प्रदेश ५ मा ३०३ मत खसेको छ। ३०५ मत मध्ये प्रदेश सभाको १ र स्थानीय तहको १ गरी दुई मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश ५ मा प्रदेश सभातर्फ ८७ र स्थानीय तहमा २१८ मतदाता छन् ।