गुप्तेश्वर बहुमुखी क्याम्पस वार्षिक उत्सवको आज चौंथो दिन

993
views

सन्तोष पाठक
पर्वत, २४ माघ । गुप्तेश्वर बहुमुखी क्याम्पसले गरेको बार्षिक उत्सवको आज चौथो दिन विविध कार्यक्रमहरु भएका छन । पूर्व निर्धारीत कार्यक्रम अनुसार हाजिरी जबाफ प्रतियोगिता, बास्केट बल प्रतियोगिता र म्युजिकल चियर सम्पन्न भएको छ ।

आजको कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुन्दर प्रसाद जोशीले क्याम्पसको क्षमता अनुसार वार्षिक उत्सव मनाइएको र वार्षिक उत्सव कार्यक्रम भव्य बन्दै गएको बताउनुभयो ।

आज भएका भिन्न भिन्न कार्यक्रमहरु मध्ये हाजिरिजबाफ प्रतियोगिताको संयोजक शिक्षक रमेश शर्मा, म्युजिकल चियर प्रतियोगिताको संयोजक दुर्गा पन्त, बास्केटबलको संयोजक स्ववियु सभापती शिशिर क्षेत्री र स्ववियु सह–सचिव सन्तोष पाठक रहनुभएको थियो ।

क्याम्पसको भोली हुने बार्षिक उत्सबका लागि सम्पूर्ण तयारी पुरा भएको क्याम्पसका सहायक प्रमुख ओमकार गिरीले जानकारी दिनु भएको थियो । क्याम्पस प्रमुख सुवास पन्तको अध्यक्षतामा भइरहेको कार्यक्रममा स्ववियु सभापती शिशिर क्षेत्री, नेविसंघ पर्वतका ईकाई अध्यक्ष शिशिर शर्मा, जिल्ला सदस्य आनन्द खत्री, भूतपूर्व बिद्यार्थी संघका प्रतिनिधीहरु, पूर्व क्याम्पस प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।