वाग्लुङमा सर्वाधिक राशिको अन्लाईन राष्ट्रिय खुल्ला गजल प्रतियोगिता हुने

1166
views

दिपेश विश्वकर्मा, २४, माघ । पर्वत सामुदायिक रेडियो कुश्मा नेपाली भाषा, साहित्य र गजलको जगेर्ना गर्ने उद्देश्यले साहित्य र कलाको खानी धौलागिरीको बाग्लुङ्मा खुल्ला गजल प्रतिययोगिता हुने भएको छ ।

धौलागिरी कला तथा साहित्य मञ्चको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ७ सात हजार रुपियाँ मेडल र प्रमाणपत्र, द्धितीय हुनेले नगद ५ हजार रुपियाँ मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद ३ हजार रुपियाँ मेडल र प्रमाणपत्र त्यस्तै सान्त्वना हुने २ जनाले नगद १५ सय रुपियाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरु अनलाइनबाटै सहभागि हुनसक्ने भएका छन् । सहभागीहरुले यहि माघ २९ गतेभित्र विशुद्ध नेपाली भाषामा लेखिएको गजल धौलागिरी कला तथा साहित्य मञ्चको अफिसियल फेशवुक पेजमा पठाउन मञ्चले आग्रह गरेको छ ।

त्यस्तै गजल मुल्याङ्कनका आधारहरु विचार शिल्प शैली व्याकरण र भाषा हुने र आभारभूत सबै मान्यताको पालना गरी रचना गरिएको एउटा पुर्ण गजल मात्र योग्य मानिने आयोजक संस्थाले जनाएको छ ।

देश तथा विदेशमा रहेर पनि नेपाली साहित्य लाई माया गर्ने हरुका लागि र साहित्यमा भविष्य देख्नेहरुका लागि यो सुनौलो अवसर भएको धौलागिरी कला तथा साहित्य मञ्च वाग्लुङ्का संस्थापक सल्लाहकार युवा सर्जक कलाकार निर्मल पौडेल एन. पि. घायलले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी भइ आफ्नो गजलप्रतिको सद्भाव र लेखन कलालाई अझै उत्कृष्ठ वनाउन यस कार्यक्रमले थप हौसला थप्ने संस्थाका संस्थापक अध्यक्ष युवा साहित्यकार राजीव सङ्घर्शीले वताएका छन् । यस्तै नेपाली साहित्यमा गजल विधाको जगेर्ना साथै गजल विधामा निरन्तर कलम चलाइरहनु भएका सर्जक,स्रष्टाहरुको मनोवलमा थोरै उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक यसै मञ्चका संस्थापक सदस्य युवा गजलकार डोलिन चिन्तितको भनाई छ ।

प्रतियोगिताको नतिजा फागुन १५ गते विषेश कार्यक्रमको आयोजना गरि प्रकाशन गर्ने संस्थाले जनाएको छ । पछिल्लो समय धौलागिरीमा कला र साहित्यको जर्गेनाको लागि यस मञ्चले मासिक रुपमा वाग्लुङग, पर्वत र म्याग्दीमा रचना वाचन डवली कार्यक्रम, धवल वाटिका संयुक्त गजल संग्रह विमोचन, खुल्ला गजल प्रतियोगिता ,खुल्ला कविता प्रतियोगिता ,स्रष्टा तथा सर्जक सम्मान लगायतका विविध कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।