राष्ट्रिय सभा निर्वाचनः बहुमतमा बाम

600
views

काठमाडौं, २५ माघ । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको बहुमत देखिएको छ । निर्वाचनको पछिल्लो परिणामअनुसार वाम गठबन्धन ३६ सिटमा विजयी भएको छ । ५६ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले १३ सिट मात्र जितेको छ भने मधेस केन्द्रित दुई दलले चार सिटमा जित निकालेका हुन् ।

निर्वाचनको पछिल्लो परिणामअनुसार एमालेले २५ स्थान र माओवादी केन्द्रले ११ सिट जितेको छ । एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर एक र तीनबाट पाँच–पाँच सिट जितेको छ भने सबैभन्दा कम प्रदेश दुईमा एक सिटमा सीमित बनेको छ । एमालेबाट ११ महिला निर्वाचित भएका छन् । कांग्रेसबाट ६ र माओवादीबाट तीन महिला राष्ट्रिसभामा विजयी भएका छन् ।

प्रदेश १ बाट एमाले पाँच, कांग्रेस दुई र माओवादी केन्द्र एक स्थानमा विजयी भएको छ । प्रदेश २ मा कांग्रेस, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरम दुई–दुई स्थानमा र एमाले र माओवादी एक–एक स्थानमा विजयी भएका छन् ।

प्रदेश ३ मा एमाले पाँच, कांग्रेस दुई र माओवादी एक स्थानमा विजयी भएको छ । प्रदेश ४ मा कांगे्रस र एमाले तीन–तीन तथा माओवादी दुई स्थानमा विजयी भएको छ । प्रदेश पाँचबाट एमाले चार, कांग्रेस र माओवादीको दुई–दुई ठाउँमा जितेका छन् ।प्रदेश छमा एमाले ३, कांग्रेस.. माओवादीले २जितेका छन् भने प्रदेश सातमा एमालेले चार, कांग्रेस र माओवादीले दुई–दुई सिट जितेका छन् ।