प्रधानसेनापति र वेलायति सेनाका सेनाध्यक्षबीच भेट

785
views

काठमाण्डौ, २५ माघ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) सेनाका सेनाध्यक्ष जनरल सर निकोलास पाट्रिक कार्टर केसिबी सिविई डिएसओ एडिसी जेन का बीच शिष्टाचार भेट भएको छ ।

भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो नेपाली सेनाको जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।

जंगी अड्डा परिसरमा उहाँको सम्मानमा सैनिक टुकडीले सम्मान गारत अपर्ण गरेको थियोे । उहाँलाई जंगी अड्डाभित्र नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो ।

उहाँ पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना हुने Gurkha Attestation Parade of Gurkha Recruit Intake 2018 मा सहभागी हुन काठमाण्डौं आउनुभएको थियो ।