बट्टारको हावाघरमा अन्तराष्ट्रिय चित्रकला प्रर्दशनी

1190
views

अन्तराष्ट्रिय चित्रकलामा भाग लिन स्लोभेनियाबाट छ जना कलाकारहरु नुवाकोट आए । उनीहरुले बसिवियालो नुवाकोटले आयोजना गरेको चारदिने अन्तराष्ट्रिय चित्रकला कार्यशालामा सहभागिता जनाए । कार्यशालाको अन्तिम बट्टारको हावाघरमा चित्रकला प्रर्दशनी गरिएको थियो ।

कार्यशालामा २३ जना कलाकारहरुको सहभागिता रहेको थियो । नुवाकोटको विभिन्न स्थानहरुको भ्रमण गरेर कलाकार टोलीले जिल्लाको जनजीवन, प्राकृतिक, ऐतिहासिक पक्षलाई चित्रमा उतारेका थिए ।

तस्विरः गमला लामा