प्रदेश नं ३ः मुख्यमन्त्री पौडेलले लिए सपथ

617
views

चितवन, २९ माघ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् ।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ ।

एमालेले माओवादी समक्ष मन्त्रीको नाम माग गरेपनि मन्त्रालयको भागबन्डा टुंगो नलाग्दा पौडेलले एमालेकै नेतालाई समेटेर मन्त्रीपरिषद गठन गर्ने तयारी गरेका छन् । पौडेल मन्त्रपिरिषदमा केशव स्थापित भौतिक योजना मन्त्री बन्ने पक्का भएको छ ।

उता पार्टी एकताको खाका स्पष्ट नभएको तथा मन्त्रालयको टुंगो नलाग्दा माओवादी केन्द्रले मन्त्रीको नामदिन नमानेपछि तत्काल प्रदेश सरकारमा माओावदी सहभागी नहुने सम्भावना बढेको छ ।