आईसीसी विश्व क्रिकेट लिग नेपाल र केन्याबीच हुँदै

706
views

काठमाडौं, २९, माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ ।

प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ ।नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो ।

हिजो भएको तेस्रो खेलमा भने नेपालले परिचित प्रतिद्वन्द्वी युनाईटेड अरब ईमिरेट्स युएईलाई ४ विकेटले हराएको हो ।